इच्छाशक्तिको अभाव नै पहुँचयुक्त संरचना निर्माणमा बाधकः मन्त्री बस्नेत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र अपाङ्गता स्वाबलम्बन विकास सङ्घ (डिडा) नेपालको संयुक्त आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा असार १५ गते पोखरामा पहुँचयुक्त शहर विकास प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रदेश चारका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जनचेतना र इच्छाशक्तिको अभाव नै पहुँचयुक्त भौतिक संरचना निर्माणमा बाधक भएको कुरा बताएका छन् ।
'अब हामी पुर्वाधार विकासको चरणमा छौँ । हामीले भनेको सबै नहुन सक्छ । तर, हामीले पोखरालगायत विभिन्न शहरलाई पहुँचयुक्त शहर निर्माणका लागि सुरूवात गरेका छौँ ।'-उनले भने ।
'हाम्रा कामले नै हो अब हामी विकासको कुन चरणमा छौँ भन्ने देखाउने ! त्यसैले प्रदेश सरकार अब स्थानीय सरकारसँगिको समन्वय र सहकार्यमा अगाडि बड्नेछ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै पहुँचयुक्त शहर निर्माण गर्ने कुरालाई नीतिगत रूपमै सम्बोधन गरेको छ ।'-मन्त्री बस्नेतले भने ।
बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, पोखराकी निमित्त निर्देशक नितु गर्तौलाले पहुँचयुक्त शहर निर्माणलाई सबैले आआफ्नो जिम्मेवारीको रूपमा लिनुपर्ने बताइन् ।
पोखरालेखनाथ मनपा-८ का अध्यक्ष रूद्रप्रसाद बरालले अब बन्ने भौतिक संचनालाई पहुँचयुक्त बनाउन प्रतिबद्ध रहेको बताए ।
इञ्जिनियर रविचन्द्र घिमिरेले यस्ता कार्यक्रमहरूले योजना बनाउँदा यस विषयलाई सम्बोधन गर्न याद दिलाएको बताए ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीका संयोजक विष्णुप्रसाद बरालले पहुँचयुक्त शहर निर्माणका लागि कुनै स्रोत र साधनको कमी नभएको बताए ।
कास्की नेत्रहीन सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पहुँचयुक्त शहर निर्माणसम्बन्धी सरकारको नीति तथा कार्यक्रम भएता पनि व्यवहारमा कार्यान्यन नहुँदा समस्या आएको बताए ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कास्कीका अध्यक्ष हेम गुरूङले अपाङ्गता क्षेत्रलाई व्यवस्थापन कसरी गर्ने भन्ने सोच सरकारमा नहुँदा यो समस्या आएको हो भन्दै समग्र अवरोधले सहभागितामा कमी ल्याउने बताए ।
इन्सेक कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…