इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार

  ०७३ चैत ४ गते

भक्तपुरको विभिन्न इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण राणाले बताएका छन् ।

प्रहरीले चैत ४ गते चाँगुनारायण नगरपालिका ताथलीको श्वेत भैरब इँटा भट्टाबाट दाङ जिल्ला निजैली-२ का १२ वर्षीय मित्रलाल घर्ती, १२ वर्षीय हिरालाल रोक्का र १५ वर्षीय अर्जुन घर्तीको उद्धार गरेको हो ।

त्यसैगरी चाँगु झौखेलको कुमारी माता इँटा भट्टाबाट दाङ जिल्ला गडुवाका १३ वर्षीय प्रकाश परियार, सुर्यविनायक नगरपालिकास्थित जय हनुमान इँटा भट्टाबाट रुकुम जिल्ला आठविसकोटका १५ वर्षीय टेकबहादुर बिक, ताथलीकै एसटि इँटा भट्टाबाट रोल्पा जिल्ला रामकोटका १३ वर्षीय कमल राना, सुडालस्थित सरस्वती इँटा भट्टाबाट सल्यान जिल्ला निगालचुलाका १३ वर्षीय नेत्रलाल घर्तीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले साविक नगरकोट नगरपालिका-८ ताथलीको महाकाली इँटा भट्टाबाट सिन्धुली जिल्ला देउरालीका १५ वर्षीय युमसाङ लामा, १२ वर्षीय अनिल बम्जन, ११ वर्षीय राजकुमार पाख्रिन, १३ वर्षीय सुनिल बम्जन, १३ वर्षीय ज्ञानबहादुर मोक्तान, १३ वर्षीय टेकेन्द्र बम्जन, १३ वर्षीया मङ्गलीमाया थिङ, ११ वर्षीय टेकबहादुर बमजन र १३ वर्षीय रकम बम्जनको उद्धार गरेको जनाएको छ ।


सविना केसी