इँटा भट्टाबाट ६ जना बालश्रमिकको उद्धार
बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा मङ्सिर १४ गते चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट ६ जना बालश्रमिकको उद्धार गरिएको छ ।
इँटा भट्टामा बालश्रमिकका रूपमा कार्यरत रोल्पा घर भएका १४ वर्षीय बालक दुईजना, १४ वर्षीया बालिका एकजना, १५ वर्षीया बालिका एकजना, १२ वर्षीया बालिका एकजना र १६ वर्षीय एकजना बालक गरी ६ जना बालबालिकाको उद्धार गरिएको खोजतलास केन्द्रका प्रतिनिधि सन्तोष अधिकारीले बताए ।
गाउँमा परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ललाई फकाई गरेर इँटा भट्टा सञ्चालकसँग बढी रकम लिएर बालबालिका श्रममा लगाउने गरेको पाइएपछि बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा ती बालबालिकाको उद्धार गरिएको बताइएको छ ।
बालबालिकाको परिवारले प्रहरी र केन्द्रमा आफ्ना छोराछोरी हराएको उजुरी गरेपछि खोजी गर्ने क्रममा इँटा भट्टामा बालश्रमिकको रूपमा राखेको पाइएको केन्द्रले जानकारी दिएको छ । उद्धार गरिएका बालबालिकालाई उनीहरूको परिवारको जिम्मा लगाइने केन्द्रले जनाएको छ ।
गाउँबाट बालश्रमिक ल्याएको आरोपमा भट्टाका नाइके रोल्पा जिल्ला जगार-५ घर भएका लोकबहादुर नेपालीलाई मङ्सिर १४ गते प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
सविना केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…