इँटाभट्टामा कार्यरत तीन जना बालश्रमिकको उद्धार
जिल्ला बालकल्याण समितिको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको टोलीले वैशाख १५ गते भक्तपुर जिल्लाका विभिन्न इँटा भट्टाहरूको अनुगमनका क्रममा तीन जना बालश्रमिकको उद्धार गरेको छ ।
टोलीले चाँगुनारायण नगरपालिका स्थित दुवाकोटमा रहेको जे.पी., त्रिपुरा सुन्दरीलगायतका चार ओटा भट्टाको अनुगमन गरेको थियो ।
टोलीले दुवाकोटको जे.वी. इँटा भट्टामा कार्यरत दाङ धनवरी-१ का १३ वर्षीय विवेक राणा, रोल्पाका १४ वर्षीय लोकेन्द्र विष्ट र रोल्पा घर्तीगाउँका १२ वर्षीय डिप्लव घर्तीको उद्धार गरेको हो ।
उद्धारकै क्रममा रोल्पा गुम्चाका ११ वर्षीय देवेन्द्र रोक्का, रोल्पाकै १३ वर्षीय अर्जुन केसी भने शौच गर्न जाने बाहनामा भागेका थिए । भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका सल्लाहकारसमेत रहेका प्रकाशराम जाकिबञ्जारले सञ्चालन गरेको उक्त इँटा भट्टामा अत्याधिक रूपमा बालश्रमिकको प्रयोग भएको पाइएको जिल्ला बालकल्याण समितिले जनाएको छ ।
बालबालिकालाई श्रममा लगाउने इँटा भट्टा सञ्चालकलाई कारबाहीका लागि श्रम कार्यालयलाई जानकारी गराई आवश्यक कारबाही अगाडि बढाउने जिल्ला बालकल्याण समितिका सदस्य सचिव एवम् महिला तथा बालवालिका कार्यालयकी प्रमुख निला घिमिरेले जानकारी दिइन् ।
उद्धार गरेका बालबालिकालाई बालविकास समाजले आफ्नो संरक्षणमा राखेर परिवारसँग पुनर्मिलन गराउने बालविकास समाजका कार्यक्रम निर्देशक किरण थापाले बताए ।
सविना केसी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…