इँटाभट्टाबाट आठ जना बाल श्रमिकको उद्धार
बाल कल्याण समिति भक्तपुरले माघ १७ गते महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुरको दुई ओटा इँटा भट्टामा काम गर्दै आएका आठ जना बाल श्रमिकको उद्धार गरेको छ ।
समितिले चागुँनारायण नपा-१७ झौखेलस्थित माता चिम्नी इँटा उद्योग र नगरकोट नपा-४ सुडालस्थित महेश्वरी इँटा उद्योगमा कार्यरत बाल श्रमिकको उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर दिलबहादुर सुवेदीले जानकारी दिए ।
इँटा भट्टामा बाल श्रमिकको रूपमा काम गर्दै आएका रोल्पा गैरीगाउँ-५ का १४ वर्षीय दिपक डाँगी, रोल्पा हारजग-५ का १३ वर्षीय शङ्कर बिक र दाङ पुनरधारा-९ का १३ वर्षीय विशाल थापाको उद्धार गरिएको हो ।
त्यसैगरी सल्यान हिड्गौर लक्ष्मीपुर-९ का १३ वर्षीय ललित कुँवर, १३ वर्षीय पूर्णबहादुर कुँवर, जयतपानी-२ मनडाँडाका १३ वर्षीय मनबहादुर कुँवर, र माझडाँडा ५ का १४ वर्षीय चन्द्रबहादुर बिक, माझडाँडा-५ कै १४ वर्षीय हरि पुनको उद्धार गरिएको इन्स्पेक्टर सुवेदीले बताए ।
उद्धार गरिएका बालश्रमिकको परिवारमा पुनर्मिलन तथा पुनःस्थापनाका लागि एक गैरसरकारी संस्थाको जिम्मा लगाइएको उनले बताए ।
सविना केसी
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…