आशयकरणी गरेको कसुरमा ६ महिना कैदको फैसला

  ०७३ पुस ६ गते

१५ वर्षीया बालिकालाई आशयकरणी गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले शान्तिनगर-२ एकलीका ६० वर्षीय विष्णुप्रसाद कँडेललाई ६ महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पुस ६ गते कँडेललाई ६ महिना कैद, ५ हजार रुपियाँ जरिबाना र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउन फैसला गरेको हो ।

पीडित बालिकालाई आरोपितले गत भदौ १९ गते आशयकरणी गरेको आरोपमा सोही दिन नै प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य चौकी चिराघाटमा सोही दिन गरिएको थियो ।


जेएन सागर