आलमविरूद्ध ज्यान मार्नेसहित तीन कसुरमा मुद्दा दर्ता

नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद आफ्ताव आलमविरूद्ध कात्तिक १८ गते जिल्ला अदातल रौतहटमा मुद्दा दर्ता गरिएको छ ।

उनीविरूद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिए ।

प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहित अन्य १० जनाविरूद्ध पनि मुद्दा दर्ता गरेको छ ।

मोबिन आलम, शेख भई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशङ्कर साह, बद्री सहनी र मुक्ति साहविरूद्ध मुद्दा दर्ता भएको हो ।

बम विष्फोटमा घाइते भएकाहरूलाई जलाइएको इँटाभट्टाका मालिक मुक्ति साहलाई मतियारको रूपमा मुद्दा दर्ता गरिएको छ ।

आलमलाई प्रहरीले बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलमलाई असोज २६ गते  गिरफ्तार गरेको थियो ।

उक्त घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०६५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

सम्बन्धित समाचार

१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार

कानुनी शासनप्रति आशा जागेको छः इन्सेक

बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित

बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार

इन्सेकले जारी गरेको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला

प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला


कोपिला तिमल्सिना