'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ ।
गढीमाई नपा–६ धर्मपुरस्थित श्री १०८ विष्णु महायज्ञको उद्घाटन गर्न फागुन १९ गते आउनु भएका सभापति देउवाले आलमलाई छुटाउन आफू लागिपरेको बताउनु भएको हो ।
‘हाम्रा यहाँका साथी जेलमा हुनुहुन्छ । म उहाँलाई छुटाउन लागिरहने छु ।’–उहाँले भन्नु भयो–‘अहिले अदालतको कुरा हो । उहाँले धैर्य राखेर चिन्ता नलिई बस्नु भयो भने भोलिका दिनमा परिस्थिति बदलिन्छ । त्यसका लागि पनि उहाँलाई निर्धक्क साथ बस्नु होला भन्न चाहन्छु ।’
दुई जना नेपालीसहित २३ जनाभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा गिरफ्तार परेका पूर्व मन्त्री एवम् रौतहट क्षेत्र नं २ का सांसद मोहम्मद आफताव आलमलाई रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
आलामलाई ३२ वर्ष कैदको मागसहित तीन ओटा मुद्दा चलाइएको छ । २०६४ चैत २७ गते बम विष्फोट गराएको, कर्तव्य गरी ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको आरोपसहित आलमविरुद्ध मुद्दा चलाइएको हो ।
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुरको फरदवा गाउँमा नेपाली कांग्रेसका नेता शेख इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम विष्फोट हुँदा घाइते भएकाहरूलाई उपचार गर्नुको सट्टा जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि लागेको छ ।
सम्बन्धित समाचार
पुर्व मन्त्री एवम् निलम्बित सांसद अफ्ताव आलम पुर्पक्षका लागि जेल चलान
१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार
कानुनी शासनप्रति आशा जागेको छः इन्सेक
बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित
बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार
इन्सेकले जारी गरेको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला
प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…