आर्थिक अभावमा बालबालिका दाउरा बेच्न बाध्य : पठनपाठन प्रभावित
घरको आर्थिक अवस्था अति कम्जोरी भएपछि विद्यार्थीहरू दाउरा बेच्न जार्नुपर्ने बाध्यताले पठनपाठनमा समस्या भएको छ । सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालयका विद्यार्थीलाई दैनिक गुजारा गर्न र पठनपाठनको जोहो गर्नकै लागि दाउरा बेच्न बाध्य भएका हुन् ।
दैनिक दिन विद्यालय सञ्चालन हुन्छ तर सो विद्यालयका विद्यार्थी एका बिहानै सदरमुकाम सिमकोट बजारमा दाउराको भारी बोकेर बेचेर कापी कलमको जोहो गर्नु परेको कक्षा ८ मा अध्ययनरत छात्र पुस्कल विकले पीडा पोख्नुभयो । दाउरा बोक्न जाने की पढ्न जाने , दाउरा बोक्न जाँदा विद्यालयको पठनपाठनबाट वञ्चित हुनु परेको उहाँले गुनासो गर्नुभयो ।
उहाँले घरको आर्थिक अवस्था अति कमजोर भएका कारण दैनिक दिन जङ्गलबाट दाउरा ल्याएर सदरमुकाम सिमकोटमा बिक्री गरी पढाइ र घरखर्च व्यवस्थापन गनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
दैनिक दाउरा बेचेर खर्च जुटाउने गरेको बताउनु हुन्छ । जङ्गलबाट दाउरा ल्याई बजारमा बिक्री गरी त्यसबाट आएको रुपियाँले आफ्नो पढाइ र घरखर्च जुटाउनु परेको छ ।
सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्र सविन्द्र शाहीले अघिल्लो दिन तयार पारेर राखेको दाउरा पछिल्लो दिन बिहानै दाउरा बोकी डेढ घण्टा लगाएर सिमकोट पुर्याएर बिक्री गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार दाउरा बिक्री गर्ने क्रममा विद्यालयमा उपस्थित हुन नसक्ने गरेको र पढाइ छुट्ने गरेकाे उहाँको भनाइ छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण दाउरा बोकेर घरखर्च र पढाइ खर्चको व्यवस्था गर्ने गरेको बताउनुभयो । दाउरा बोकेर बिक्री नगरे घर चलाउन र पढाइ अगाडि बढाउन सकिँदैन, यो मेरो रहर नभएर बाध्यता रहेको बताउनु भयो ।
सिमकोटमा दाउरा प्रतिभारी ५ सय रुपियाँमा बिक्री हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले अधिकांश विद्यार्थीले दाउरा बेचेर घरखर्च र पढाइको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत १ सय ५० विद्यार्थीले दैनिक दिन दाउरा बोकेर बिक्री गर्ने गरेको जानकारी दिनुभयो । घरको आर्थिक अवस्थाको कारण पढाइभन्दा दाउरा बोकेर बिक्री गर्ने कार्यमा बढी ध्यान दिने गरेका र उक्त कामको लागि विद्यालय नआउँदा विद्यालयको पठनपाठन खस्कँदो अवस्थामा रहेको उहाँले बताउनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…