आर्थिक अभावमा बाँच्न बाध्य वादी समुदाय
आर्थिक, समाजिक र सास्कृतिक रुपमा पछाडी परेका वादी समुदायका व्यक्तिहरुको स्वामित्वमा जग्गा नहुँदा र रोजगारीको कुनै अवसर नपाउँदा आर्थिक अभावका कारण कष्टकर जिवन जिउन बाध्य भएका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर किनारमा बस्दै आएका ६० घर परिवार वादी समुदायको नाममा जग्गाजमिन नहुँदा र रोजगारीको अवसर नपाउँदा वादी समुदायका व्याक्तिहरुको दैनिकी थप कष्टकार र असुरक्षित बन्दै गएको हो ।
नेपालको संविधानले हरेक नागरिकलाई आवासको हक हुने उल्लेख गरिएको छ । प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक उल्लेख छ । धारा ४० मा दलितको हकको व्यवस्था गरिएको छ । तर, यहाँका दलित समुदाय भनेर चिनिने वादी समुदायका नागरिकको आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारको सुनिश्चितता हुन सकेको छैन् ।
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा बस्दै आएका वादी समुदाय वर्षौदेखि अरुकै जमिनमा घर बनाएर भोगचलन गर्दै आएका छन् । अहिले जग्गा धनीहरुले घर छोडन भनेपछि वादी समुदायका परिवारहरु थप समस्यामा परेका हुन् ।
बाजे बुबाको समयदेखि मालिककै जमिनमा घर बनाएर बन्दै आएका भए पनि अहिले जग्गा धनीले घर जमिन खाली गर्न भनेपछि समस्यामा परेको पुष्पा दमाईले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘आफूहरु बस्दै आएको यो जमीन पहिले बगर थियो । अहिले बजारीकरण हुँदै गएपछि मालिकले घर जमिन खाली गर्न भन्नु भयो । आफ्नो भूमि छैन् । अव कहाँ जाने ? के गर्ने ? समस्यामा छौँ ।’
चमेलिया किनारमा बालुवा निकाल्दै र गिट्टी कुट्दै जिविका चलाएका छौँ । मालिकले घर जमिन छोड्न भनेपछि कहाँ जान्ने चिन्ताले पिरोलेको छ । ‘घर बनाउँ जमिन छैन् । काम गर्न पनि अहिले पहिलेको जस्तो छैन् ।’ स्थानीय मुकुट वादी भन्नु हुन्छ, ‘वादी समुदायको समस्या बारे बुझिदिने कोही छैनन् ।’ झण्डै ५० । ६० परिवार यही बगरमा बस्दै आएका छौँ । तर, थोरैसँग मात्रै आफ्नो घर छ । घर भएकाहरुको पनि आफ्नो नाममा स्वामित्व छैन् । अहिले घर छोड्न भनेपछि केहीले भाडाको घरमा बस्न बाध्य भएका छन् ।
‘विगतमा माछा मार्ने र भारी बोकेर परिवार चलाउथ्यौँ’ उहाँले भन्नु भयो, ‘अहिले नदीमा माछा छैन् । सडकको पहुँच विस्तारसँगै गोकुलेश्वर बजारमा भारी बोक्ने काम पनि पाउन छोड्यो । बालुवा गिट्टी अलिअलि संकलन गरी बेचेर जिविका चलाउँछौ ।’ काम गर्न सक्ने छोराहरु मजदुरी गर्न भारततिर जान्छन् । यहाँ काम नपाएपछि अधिकांश युवाहरु गाउँमा छैनन् ।
वादी समुदायको लागि शौचालय खानेपानीको समेत राम्रो व्यवस्था छैन् । अहिले पनि उहाँहरु नदी किनार गएर शौच गर्न बाध्य छन् । गाउँभरीको लागि एक दुई खानेपानी धारा छ । त्यो पनि स्थानीय व्यापारीले पाइप दिएर व्यवस्थापन गरिदिएका छन् ।
वादी समुदायका व्यक्तिहरुलाई स्वास्थ्य उपचार गर्नै समस्या
जिल्लाको प्रवेशद्वारको रुपमा रहेको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर चमेलिया नदी छेउमै वादी समुदायको बस्ती छ ।
त्यही बस्तीमा बस्दै आउनु भएको ४५ वर्षीय राधा दमाईले पाँच वर्ष अघि गिट्टी कुटने क्रममा ढुङ्गा उछिट्टिएर आँखामा चोट लगेर समस्या भएको भएपनि आर्थिक अभावका कारण उपचार गर्न नसकेको दुखेसो पोख्नु भयो ।
वादी समुदायले जीविका चलाउनका लागि विगत लामो समयदेखि परम्परागत पेशाका रुपमा गिट्टी कुट्ने र माछा मार्ने गरेको भए पनि अहिले सो काम पनि सहज नभएको पीडित राधा दामईको भनाइ छ ।
उहाँले भन्नु भयो– ‘चोट लागेपछि अहिलेसम्म राम्रो उपचार गर्न सकिएको छैन् । आँखा शिविर चलेको बेला एकपटक देखाए । तर, थप उपचार गराउन सकिन् । अहिले राम्रोसँग आँखा पनि देख्न सक्दिन् । गिट्टी कुटेर कमाएको पैसाले आँखाको उपचार गर्ने कि दैनिक छाक टार्ने ? सात जनाको परिवार छ । अहिले गिट्टी कुट्ने बाहेक भारी बोक्ने काम पाउनै मुस्किल हुन्छ ।’
‘आफ्नो एउटा छोरा भारतमा मजदुरी गरेर फर्किएपछि मृत्यु भयो । उपचार गराउन नसक्दा छोरा गुमाउनु प¥यो । अहिले आफ्नो आँखामा समस्या बढ्दै गएको छ । कहाँ सहयोग मागु ? । पटकपटक विभिन्न निकायमा गएर सहयोग मागेपनि पइएन् । नगरपालिकामा पनि सहयोगको लागि अनुरोध गरिकी छु, उहाँले भन्नु भयो ।
वादी समुदायका महिला र बालबालिकाका जोखिममा
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको चमेलिया किनारमा बस्दै आएका वादी समुदायका महिला तथा बालबालिकाको स्वास्थ्य जोखिममा रहेको छ । गिट्टी कुटेर जिविका चलाउँदै आएका उनीहरु त्यही ठाउँमा बालबालिका समेत राख्ने गर्छन् ।
दुधे बालकसँगै राखेर गिट्टी बालुवा कुट्नु उनीहरुको बाध्यता छ । नदी किनारमा खुला शौच हुन्छ । छुट्टै शौचालयको व्यवस्थापन छैन् । दिनभरी मजदुरी गरेर कमाएको पैसाले चामल किनेर बालबालिकालाई खुवाउनु पर्छ स्थानीय माया दमाईले भन्नु भयो, छोराछोरी हुर्काउनै गाहो् छ ।
घर छैन भने शौचालय कहाँ बनाउनु । बजारको फोहोर यही फालिन्छ । बजारभरिको फोहोर, नदीमा बगेर आउने फोहोरले पूरै बस्ती प्रदुषण हुन्छ । सानै उमेरमा विहे गरेका कारण बालबालिका पनि स्वस्थ्य हुँदैनन् । धेरैजसो केटाकेटीहरु विद्यालय पढ्न पाउँदैनन्, स्थानीय अञ्जना दमाई भन्छिन् । आर्थिक अवस्था नभएपछि विद्यालय पठाउनु पनि कसरी ?
शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामीले वादी समुदायको उत्थानको लागि काम भइरहेको बताउनु भयो ।
उहाँले सबैलाई रोजगारी तथा आर्थिक सहयोग गर्न नसकिने भए पनि केही व्यक्तिहरुलाई सहयोग पुग्ने गरेर नगरपालिकामा रोजगारी सृजना गर्ने गरी काम गरिरहेको बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…
प्रहरीको लाठीचार्जबाट तीन जना घाइते
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा…
नागरिकता विधेयक प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशको निरन्तरता
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले ०८०…