आर्थिक अभावका कारण सुरक्षित घर निर्माण अलपत्र
हिंसापीडित महिला तथा बालबालिकाहरूका लागि आश्रयस्थल बनाउने उद्धेश्यले दुई वर्षअघि निर्माण थालनी गरिएको पर्वत सदरमुकाम कुश्मा बडागाउँस्थित सुरक्षित घर निर्माण कार्य अलपत्र परेको छ । घर निर्माणका लागि बोलकबुल गरेको रकम उठ्न नसकेपछि निर्माण कार्य अघि बढ्न नसकेको जनाइएको छ ।
महिला तथा बालबालिका विभिन्न घटनाबाट पीडित बन्ने क्रम बढ्दै आएपछि उनीहरूलाई कानुनी उपचार दिनुपर्ने बेलासम्म अल्पकालीन आश्रयस्थल बनाउने भनी २०७३ असारमा सुरक्षित घर निर्माण सुरू गरिएको थियो ।
तत्कालीन डिएसपी गंगा पन्तको विशेष अगुवाइमा सुरू गरिएको आश्रयस्थलका लागि निर्माण थालिएको वर्ष सांसद विकास कोषबाट तत्कालीन सांसद अर्जुनप्रसाद जोशी र सांसद कल्पना चापागाईले ३÷३ लाख रुपियाँ उपलब्ध गराएका थिए । सो रकमले भवन निर्माणको आधारभूत काम सुरू गरिएपनि बाँकी रकम नहुँदा निर्माण कार्य अहिले अलपत्र परेको छ ।
घर निर्माणका लागि विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय तथा व्यक्तिबाट बोलिएको रकम हालसम्म उपलब्ध नभएकाले निर्माण कार्यमा समस्या आएको हो । समाजका अगुवा व्यक्तिहरूबाट बोलिएको रकम उपलब्ध नहुँदा निर्माण कार्य नभएको निर्माण समितिका कोषाध्यक्ष कमल पोखरेलले बताए ।
पोखरेलका अनुसार तत्कालीन समयमा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी युवराज पौडेलले नागरिक समाजका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सांसद तथा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्ला विकास समितिमार्फत बोलिएको १० लाख रुपियाँमध्ये १ लाख रुपियाँ मात्र प्राप्त भएको छ ।
हाल उनी सरूवा भइसकेका छन् भने जिल्ला विकास समिति समेत खारेज भइसकेको छ । अहिले जिल्ला समन्वय समितिसँग निर्माण समितिले बोलेको रकम माग्दासमेत समन्वय समितिले आलटाल गरेको निर्माण समितिको आरोप छ ।
जिल्लाकै एकमात्र सुरक्षित घर निर्माणका लागि सरकारी जग्गा खोजी गरी करिब १ करोड ५२ लाख रुपियाँको लागत हुने अनुमान गरी निर्माण प्रारम्भ गरिएको भएता पनि राजनीतिक दलका प्रतिनिधि तथा सांसदहरू नै उदासिन देखिएका कारण निर्माण कार्य प्रभावित हुन पुगेको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्यको आरोप छ ।
हालसम्म करिब २८ लाख रुपियाँ बोलकबुल भएको भएपनि आधा भन्दा बढी रकम उठ्न नसकेकोले निर्माण कार्य प्रभावित भएको अध्यक्ष आचार्यले बताए ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…