आर्थिक अभावका कारण विद्यालय जान नसकेकी बालिकालाई इन्सेकको सहयोग

इन्सेक डोटीले केआईसिंह गाउँपालिका–४ वायल चन्केसैनका आठ वर्षीया बालिका तारा बिकलाई कात्तिक २७ गते आर्थिक सहयोग गरेको छ ।

कापीकलम र पोशाक किन्ने पैसा नभएका कारण ०७५ भदौदेखि विद्यालय जानबाट वञ्चित बालिकालाई विद्यालय जान सहयोग पुगोस भन्ने उद्देश्यले इन्सेक जिल्ला प्रतिनिधि बासुदेब जोशीले बालकको घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

भुवनेश्वरी प्रावि चन्केसैनमा कक्षा २ मा पढ्दै आएकी तारा बिकका बुवा नोकरी गर्ने भनेर भारतमा गए पनि घरखर्चका लागि रकम नपठाउने र आमाको शारीरिक अवस्था कमजोर भएको कारण काम गरी खान नसक्ने अवस्था भएपछि बालिका विद्यालय जानबाट वञ्चित भएकी हुन् ।

‘शारीरिक अवस्था राम्रो भएको बेला गाउँमै ज्याला मजदुरी गरेर भएपनि बिहान बेलुकीको छाक टार्न र छोरीको कापी कलम किन्न पुगेको थियो । अहिले मेरो शारीरिक अवस्था कमजोर भयो । वहाँले पनि भारतबाट घर खर्च पठाउनुभएन । छोराछोरीलाई कसरी पालौँ ?’–ताराकी आमा देवकी बिकले भनिन् ।


बासुदेव जोशी