आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्यु हुनुभएका रावतको परिवारको बिचल्ली
खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित पति उदे राउतको आर्थिक अभावका कारण मृत्यु भएपछि हाल रावत परिवारको बिचल्ली भएको छ ।
क्यान्सर रोग पीडित उदे रावत घरको सिडीबाट ०८९ भदौमा लडेर घाइते भएपछि अछाम जिल्लास्थित बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो । क्यान्सरबाट ग्रसित उदेको बयालपाटा अस्पतालमा उपचार असम्भब भएको र सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरिएको थियो ।
आर्थिक अभावका कराण उपचार गर्न सम्भव नभएपछि विभिन्न निकायसँग उपचारका लागि सहयोग गरिदिन अनुरोध गरेको भए पनि सुनुवाई नगरिदिएपछि पतिलाई घर फिर्ता ल्याउन बाध्य भएको र घर ल्याएको केही दिनपछि उपचारको अभावमा पतिको मृत्यु भएको पीडितकी पत्नी नरा रावतले दुखेसो पोख्नु भयो ।
पीडित नराका पतिको मृत्युपश्चात पाँच जना छोराछोरी सहित सम्पूर्ण परिवार बिचल्लीमा परेका स्थानीय टेकबहादुर बुढाले बताउनु भयो । घरको अन्य आयस्रोत केही छैन् । खेतीयोग्य जग्गा जमीन पछि छैन् । भएको जमिनमा राम्रो उब्जनी पनि हुदैन् । कृर्षी उत्पादनले तीन महिना पनि खान नपुग्ने पीडित नरा रावतले बताउनु भयो ।
पतिको सामाजिक सुरक्षा भत्ताले जेनतेन विहानबेलुकीको छाँक टार्दै आउनु भएका नरा रावतको परिवारमा पतिको मृत्युपश्चात सामाजिक सुरक्षा भत्ता पनि रोकिएछि विहानबेलुकीको छाँक टार्न समेत समस्या भएको स्थानीय टेकबहादुर बुढाले बताउनु भयो । छिमेकीहरुले सहयोग गरेको दिन मात्रै नराको घरमा चुलो बल्ने गरेको र अन्य दिन विहानबेलुकीको छाँक टार्न समस्या हने गरेको बुढाको भनाइ छ ।
आर्थिक अभावकै कारण २ छोरी बसन्ती र सौरा रावतले सानै उमेरमा विवाह गरिसकेका छन् भने १५ वर्षीया छोरी रजना रावत पाँच कक्षा पढेर स्कुल छोडी सकेकी छन् । अर्की १२ वर्षीया कल्पना तीन कक्षामा अध्ययनरत छन् । त्यस्तै १० वर्षीय छोरा खेमराज एक कक्षामा पढ्छ्न् ।
स्कुल भर्ना त भएका छन् तर नियमति स्कुल जादैनन् । उनीसँग न कापी न कलम हुन्छ । कापीकलम र विद्यालय पोषाक समेत नभएका कारण आफूहरुलाई विद्यालय जान नसकेको पीडितकी १२ वर्षीया छोरी रावतले दुखेसो पोख्नु भयो । अन्य साथीहरु कापीकलमसँगै राम्रो विद्यालय पोषाक लगाएर आउने गरेका र आफूसँग केही नभएका कारण विद्यालय जान मन नलाग्ने कल्पनाको भनाइ छ ।
पतिको बृद्धाभत्ताले घरखर्च चल्दै आएको भए पनि पतिको मृत्युपछि छोराछोरीको पठनपाठन र विहानबेलुकाको छाँक टार्न समस्या भएको नरा रावतले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘हाम्रो सहारा भनेको सरकार मात्र थियो । तर, सरकारबाट पनि कुनै सहयोग नपाएपछि सहारा बिहिन भएका छौँ । गत असोजमा गएको भूकम्पले घर चिराचिरा बनायो । सबैले राहत पाए पनि मैले राहतका नाममा एउटा त्रिपाल समेत पाउन सकेको छैन् । चुनवाका समयमा सबै समस्या समाधान गछौँ भन्ने नेताहरुले म घरबार विहिन हुँदा समेत सहयोग गरेका छैनन् ।’
खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विर्ख रावलले नरा रावतको परिवार समस्यमा भएकोले आफूले व्यक्तिगत रुपमा केही सहयोग गरेको बताउनु भयो ।
भूकम्पका कारण नरा रावतको घर चर्केको भए पनि सरकारले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई पहिलो प्राथामिकतामा राखेर राहात वितरण गर्ने निर्णय भएकोले नरा रावतको नाम पछाडी परेको वडाध्यक्ष रावलको भनाइ छ ।
पतिको मृत्युपश्चात थप समस्यामा परेको नरा रावतको परिवारलाई सहयोग गर्न आफूले गाउँपालिकासँग पहल पनि गरिरहेको वडाध्यक्ष रावलले बताउनु भयो ।
संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने व्यवस्था गरिएको भए पनि जिल्लामा आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित नागरिकहरुले ज्यान समेत गुमाउनु परेको छ ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशको निर्वाचन परिणाम
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशको १ गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ गाउँपालिका अध्यक्ष र ६ जना वडाध्यक्ष पदको परिणाम घोषणा भएको छ ।…
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…