आरडिएक्ससहितको बम राखेको आरोपमा दुई जना गिरफ्तार
राजविराज-कुनौली सडकखण्ड स्थित बिष्णुपुर गापा-१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिक आरडिएक्ससहितको कुकर बम राखेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार दुई जना सप्तरीको विष्णुपुर गापा र छिन्नमस्ता गापाको भएपनि उनीहरूको नाम प्रहरीले खुलाएको छैन । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान र सोधपुछ गरी संलग्न अन्यको पनि खोजी भइरहेकोले नाम नखुलाइएको एसपी मुकेशकुमार सिंहले बताए ।
पाँच लिटरको कुकरमा आरडिएक्स प्रयोग गरेर रिमोटको सहायताले एक किलोमिटर टाढाबाट पड्काउन मिल्ने गरी बनाइएको शक्तिशाली बम सशस्त्र प्रहरीको कार्यालय नजिकै खेतमा लुकाइराखेको अवस्थामा बरामद गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
एसपी सिंहका अनुसार गोप्य सूचनाको आधारमा नहर चोकबाट सो पार्टीका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कुकर बम पत्ता लागेको हो । गिरफ्तार परेकाहरूको साथबाट रिमोट कन्ट्रोल समेत बरामद भएपछि बमको खोजी गरिएको थियो । गिरफ्तारहरूबाट बम राखिएको स्थानका बारे सूचना लिएपछि नेपाली सेनाको भीम दल गणको टोलीले बम खोजी गरेर निष्कृय पारेको छ ।
'विष्फोट भएको भए ठूलो क्षति हुने निश्चित थियो ।'-एसपी सिंहले भने राजविराज नगर क्षेत्रमा प्रयोग गर्ने योजनाका साथ लुकाएर राखिएको बमको खानतलाशी गर्दा १२ भोल्टको व्याटि्र प्रयोग गरिने अत्याधुनिक र उच्च स्तरको बम फेला पर्यो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…