आयोडिन नुन नहुँदा उपभोक्ता मार्कामा
व्याँस गाउँपालिकास्थित नुन विक्री डिपोमा आयोडिन नुन नहुँदा स्थानीय मार्कामा परेका छन् । गत असार महिनादेखि विक्री केन्द्रमा आयोडिन नुन नहुँदा डिपोमा पुगेका स्थानीयहरु रित्तो हात घर फर्किन बाध्य भएका छन् ।
अहिले स्थानीय गाउँमा ढिके नुन र भारतीय नुन प्रयोग गर्नु पर्ने अवस्था आएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएयता गाउँमा नुन पुगेको छैन, व्याँस गाउँपालिका–४ का नरेन्द्र भट्टले भन्नु भयो, भारतीय नुन प्रतिकिलो २५ रुपियाँमा किनेर खानु पर्ने अवस्था आएको छ ।
गाउँमा ढिके नुन पनि पाउनै मुस्किल छ । डिपोमा नेपाली आयोडिन नुन प्रतिकिलो नौ रुपियाँ पर्छ । तर, गाउँमा सडक बन्द हुँदा नुन आएको छैन् । खलंगाबाट व्याँस गाउँपालिको केन्द्र सुनसेर ४० किलोमिटरको दुरीमा पर्छ । केही व्यापारीले भारतीय नुन लिएर विक्री गर्ने गरेका छन् । भारतीय नुन नेपाली नुन भन्दा धेरै महंगो छ ।
नुन अभावले स्थानीयले हैरानी खेप्नुपरेको स्थानीय संग्राम विष्टले बताउनु भयो । गाउँमा नुन पाउनै नसकिने भएको छ । भारतीय बाटो हुँदै थोरै थोरै नुन बोकेर लिने गरेका छौँ उहाँले भन्नु भयो । नुनको समस्याबारे पटकपटक आग्रह गर्दा पनि सुनुवाई भएको छैन् ।
नुनको माग गर्दै नेपाली काङ्ग्रेसले व्याँस गाउँपालिकालाई ज्ञापन पत्र समेत बुझाएको एकसता वितिसक्दा समेत कुनै सुनुवाई नभएको नेपाली काङ्ग्रेसका नेता हरकसिंह विष्टले बताउनु भयो । जनतालाई चाहिने आधारभूत आवश्यकत्ता नुनको आपुर्तिको लागि पहल नहुँदा व्यासबासीले समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।
व्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामीले नुन र खाद्यान्नको समस्याबारे साल्ट ट्रेडिङ् लिमिटेडलाई एक महिना अघि पत्रचार गरिएको बताउनु भयो । नुन तथा खाद्यान्न समाग्री समयमै पु¥याउन जिल्ला प्रशासन कार्यालयमार्फत पत्रचार गरिएको भए पनि ठेक्का प्रक्रियामा ढिलाई हुँदा समस्या भएको उहाँले बताउनु भयो ।
नुनको अभाव व्याँसमा मात्र नभई जिल्लाका अन्य विक्री केन्द्रमा समेत भएको छ । एक महिनादेखि विक्री केन्द्रहरुमा नुन अभाव रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, दार्चुला डिपोका शाखा प्रमुख प्रेमसिह कुँवरले बताउनु भयो । स्थानीय तहमा रहेका नुन विक्री केन्द्रहरुमा गत असार महिनादेखि नुन अभाव छ ।
मालिकार्जुनको शंकरपुर, दुहुँ गाउँपालिकाको गरमोरा, अपि हिमाल गाउँपालिकाको ओखल, नौगाड गाउँपालिकाको होपरीगाडमा रहेको विक्री केन्द्रहरुमा नुन अभाव रहेको कुँवरले जानकारी दिनु भयो । नुन अभाव भएका क्षेत्रमा नुन ढुवानीका लागि टेण्डर प्रक्रियामा रहेको छ ।
नौगाडको होपरीमा ५ सय कोटा, मालिकार्जुनको शंकरपुर पस्तीमा २ सय कोटा, व्यासँको सुन्सेरा क्षेत्रमा १ सय ७० कोटा तथा दुहुँको गरमोरा क्षेत्रमा २ सय १० कोटा नुन ढुवानी हुने गरेको थियो । गाउँका विक्री केन्द्रमा नुन सकिएपछि अहिले सदरमुकाम खलंगा र गोकुलेश्वर विक्री केन्द्रबाट नुन विक्री भइरहेको छ । खलंगा डिपोले गत आर्थिक वर्ष २०७९ / ०८० मा २ हजार ८ सय २ क्विन्टल ५० किलोग्राम आयोडिन नुन विक्री वितरण गरेको जनाएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…