आयोगले सिफारिस गरेका मुद्दालाई राज्यले सम्बोधन नगरेको गुनासो
मानव अधिकारसँग जोडिएका मुद्दामा सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्बोधनका लागि सिफारिस गरेपनि राज्यबाट सम्बोधन गर्न नसकेको अधिकारकर्मीहरूले बताएका छन् ।
न्यायका लागि सरकारसमक्ष सिफारिस गरिएको मानव बेचविखनको घटनाका पीडितले न्याय नपाएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
फागुन १६ गते आयोगले इलाममा गरेको मानव बेचविखन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगको मानव बेचविखनविरूद्ध अभियानकी फोकल पर्सन यशोदा बञ्जाडेले आयोगले कारबाहीका लागि सिफारिस गरेका घटनामा सरकारले कारबाहीको प्रक्रिया नै अघि नबढाएको बताउनु भयो ।
बन्जाडेले सन् २००२ देखि आयोगले मानव बेचविखन सम्बन्धी घटनाको अनुगमन गर्ने र कारबाहीका लागि सिफारिस गर्ने काम गरेपनि पीडितले न्याय नपाएको बताउनु भयो ।
कार्यक्रममा अधिवक्ता विद्या सापकोटाले मानव बेचविखनबाट उद्धार गरिएका महिलाहरूको पुनस्थापनामा समस्या देखिएको बताउनु भयो ।
घरको काम सघाउने, बालबच्चा हेर्ने लगायतका विभिन्न बहानामा बालिका र महिलामाथि यौन शोषण देखि बेचविखनका क्रियाकलाप हुने गरेको भन्दै अधिवक्ता सापकोटाले आयोग गाउँ–गाउँ पुग्न आवश्यक देखिएको बताउनु भयो ।
कार्यक्रममा मानव अधिकार मञ्च नेपाल इलामका योजना अनुगमन अधिकृत योगराज सापकोटाले कुन व्यक्ति विदेश जाँदैछ भन्ने विषयमा स्थानीय सरकार जानकार हुनुपर्ने बताउनु भयो । ‘राहदानी बनाएको व्यक्तिले स्थानीय निकायमा कहाँ जाने भन्ने विषयको जानकारी गराउने किसिमको संयन्त्रको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।’ सापकोटाले भन्नुभयो ‘नेपाल–भारत खुल्ला सीमाना र भारतसँग साँस्कृतिक सम्बन्धको कारण पनि बेचविखनका घटना बढी भएका छन् । ’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामा एसपी नवीनराज राईले मानव बेचविखन बढ्दो अवस्थामा रहेको बताउभयो । गरीबीको अवस्था बढ्दो रहेकाले त्यसलाई राज्यबाट सम्बोधन नहुन्जेल मानव बेचविखनका घटना न्यूनीकरण हुन नसक्ने एसपी राईले बताउनु भयो ।
‘भारतको दार्जिलिङ, मिरिक, सिक्किमतिर मजदुरीको लागि जानेको धेरै संख्या छ ।’ राईले भन्नुभयो ‘धेरै घटनाको अध्ययन गर्दा गरिबीका कारण परिवारलाई छलेर ढाँटेर पनि भारत जाने गरेका छन् । सोधपुछ गर्दा प्रहरीलाई पनि छल्ने गरेका घटना धेरै छन् ।’
जिल्लामा सञ्चालित नेपाल सरकारको सुरक्षित आप्रवासन परियोजना सामीका जिल्ला संयोजक इश्वरी तामाङका अनुसार भारतको बाटो हुँदै अवैध ढङ्गले मलेसियासम्म नेपालीहरू जाने गरेका छन् ।
मेनपावर कम्पनीहरूले सर्वसाधारणबाट तीन लाख रुपियाँसम्म अशुल गरी अवैध बाटो प्रयोग गरेर विदेश पुर्याउने गरेको पाइएको तामाङले बताउनु भयो ।
‘हाम्रो परियोजनामा वैदेशिक ठगीका धेरै मुद्दा आउने गरेका छन्, ती सबै जसो अवैध ढङ्गले विदेश पुगेर अलपत्र परेका, ठगिएका, बेचविखनमा परेका घटना छन् ।’ तामाङले भन्नुभयो ।

कोकिला ढकाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–६ का ३१ वर्षीय भक्तबहादुर झेडीलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ७ गते बलात्कार गरेको आरोपमा पीडित…