आयोगलाई बलियो बनाउन स्थानीय तहमै सुझाव सङ्कलन सुरु
नेपालको संविधानको भावना अनुरुप विभिन्न समुदायको हकअधिकारको संरक्षण, सम्वर्द्धन र सशक्तीकरणका लागि गठन हुने आयोगको विधेयकमाथि स्थानीय तहमै पुगेर सुझाव लिन सुरु गरिएको राससले जनाएको छ ।
व्यवस्थापिका-संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले सुर्खेतमा समावेशी र धनगढीमा थारु आयोगको विधेयकमाथि छलफल गरी राय सुझाव सङ्कलन अभियान सुरु गरेको हो ।
समितिका सभापति सुशील श्रेष्ठले विधेयकसँग सम्बन्धित समुदायको बाहुल्य रहेको स्थानमा अन्तरक्रिया गरी सुझाव लिने कार्य प्रारम्भ भएको जानकारी दिए । नेपालको संविधानमा समावेशी, थारु, मुश्लिम, मधेसी, दलित र आदिवासी जनजाति आयोगसम्बन्धी विधेयक समितिमा छलफलको चरणमा रहेको छ ।
विधेयकमा लक्षित समुदायका हकअधिकार र सशक्तीकरणको सुनिश्चितताका लागि नाम मात्रको नभई आयोगको क्षेत्राधिकारलाई फराकिलो बनाउन सुझाव प्राप्त भएको सभापति श्रेष्ठले बताए ।
समितिले यसअघि ती विधेयकका बारेमा पहिलो चरणमा समितिमै, दोस्रो चरणमा सरोकारवाला र विज्ञ समूहसँग छलफल चलाएको थियो ।
विधेयकसँग सम्बन्धित समुदायको बसोबासको बाहुल्य रहेको स्थानमा गएर अन्तरक्रिया गर्ने क्रमलाई आगामी माघको पहिलो सातासम्म पूरा गर्ने समितिले जनाएको छ । छलफलका क्रममा समितिले स्थानीय तहमा नागरिक समुदाय, पत्रकार, वकिल र सरोकारवालासँग विधेयकका बारेमा लिखित सुझावसमेत सङ्कलन गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…
इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको पहलमा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत ११ जना बिरामीलाई ०८१…