आयोगद्वारा महिला अधिकारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजनामा विद्यालय तहमा महिला अधिकारसम्बन्धी सचेतना मुलक कार्यक्रम फागुन ११ गते सम्पन्न भएको छ । खाँदबारी नगरपालिकाका आठ सामुदायिक र दुई संस्थागत विद्यालयका विद्यार्थी र शिक्षकहरूको उपस्थितिमा हिमालय किरण पब्लिक क्याम्पसमा कार्यक्रम सम्पन्न भएको हो ।

८५ जना विद्यार्थी र दश जना शिक्षक शिक्षिकाको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रिय महिला आयोगका उपसचिव योगेन्द्र उपाध्याय, जिल्ला शिक्षा कार्यालयकी सहजकर्ता गोमा बस्नेत घिमिरेलगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा यौन हिंसा, बाल विवाह, यौनजन्य दुर्व्यवहारलगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।


बाबुराम बास्तोला