आयोगद्वारा द्वन्द्वपीडितको पुनर्स्थापना पछिको अवस्थाबारे अनुगमन

  ०७३ माघ २७ गते

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनर्स्थापना र उनीहरूको अवस्थाबारे अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत दिपक ठाकुर र कल्पना नेपाल आचार्यसहितको टोलीले माघ २७ गते सदरमुकाम तानसेन सहित, रामपुर, गोठादीलगायतका स्थानमा पुगेर द्वन्द्वका समयका पीडित र पीडितका परिवार तथा आफन्तसंग भेट गरी छलफल गरेको मानव अधिकार अधिकृत कल्पना नेपाल आचार्यले जानकारी दिइने ।

तत्कालीन द्वन्द्वको समयमा पीडित भएका मध्ये क्षतिपूर्ति समेत पाइसकेकाहरूको आर्थिक, सामाजिक अवस्थाबारे स्थानीय समुदायमै पुगेर अनुगमन तथा छलफलसमेत गरिएको आचार्यले जानकारी दिइन् । छलफलमा द्वन्द्वपीडितहरूले समाजमा बिस्तारै पुनर्स्थापित भइरहेको प्रतिक्रिया दिएका थिए ।

टोलीले पाल्पा जिल्ला कारागारको पनि अनुगमन गरेको छ । कारागारको पुरुष बन्दीगृहको पुनर्निर्माणको काममा ढिलाइ हुँदा पुरुष बन्दीहरूलाई बसोबासमा समस्या भएको पाइएको आयोगकी अधिकृत आचार्यले बताइन् ।


यज्ञमूर्ति तिमिल्सिना