आयोगद्वारा आर्थिक, सामाजिक तथा सांस्कृतिक र विकासको अधिकारको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले फागुन ११ गतेदेखि सोलुखुम्बु जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको अधिकारको विषयमा अनुगमन गरेको छ ।
उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख अम्बिका घिमिरे र लोकनाथ घिमिरेसहितको टोलीले सोलुखुम्बु जिल्लाका नागरिकहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था एवम् विकासको अधिकारमा नागरिकको पहुँचलगायतका विषयमा सरोकारवाला निकायसँग छलफल गरेको हो ।
अनुगमनको क्रममा सरकारी कार्यालयबाट प्रदान हुने सेवालाई प्रभावकारी बनाउन आयोगले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको अनुगमन टोली संयोजक अम्बिका घिमिरेले बताईन् ।
आयोगको टोलीले जिल्ला अस्पताल, जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालयलगायतका निकायले प्रदान गरेका सेवा सुविधा र गुणस्तरका बारेमा छलफल गरी उक्त विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको थियो ।
पासाङ बम्जन तामाङ
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…