आयोगका सिफारिस कार्यान्वयनमा जोड
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनमा संलग्नलाई नेपाल सरकारद्वारा पदोन्नति र विभूषित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले साउन ५ गते नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गरी मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने कार्यमा संलग्नलाई नै सरकारले पदोन्नति र विभिन्न विभूषण प्रदान गरिएकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।
विभिन्न मितिमा गरिएका सिफारिसको सम्बन्धित निकायबाट कार्यान्वयन न्यून रहेकोप्रति पनि आयोग गम्भीर रहेको राससले जनाएको छ ।
सो अवसरमा आयोगका अध्यक्ष अनूपराज शर्माले आयोगद्वारा छानबिन गरी हत्या, बेपत्ता, यातनाजस्ता गम्भीर खालका मानव अधिकार हनन् र मानवीय कानुनको उल्लङ्घनजस्ता अपराधमा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेका व्यक्तिलाई नै पदोन्नति तथा विभूषित गरिनु दुःखद भएको बताए ।
सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आयोगका निर्देशन तथा सिफारिसलाई संवेदनशील रुपमा लिई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…