आर्युर्वेद स्वास्थ्य केन्द्रमा पाँच महिनादेखि कार्यालय प्रमुख नहुँदा औषधि अभाव
आर्युर्वेद स्वास्थ्य केन्द्र, जुम्लामा पाँच महिनादेखि कार्यालय प्रमुख नुहँदा काम काज प्रभावित भएको छ । कार्यालय प्रमुख देवेन्द्र ठाकुर ०७८ पुस ६ गते जिल्ला बाहिर गएपछि अर्को कार्यालय प्रमुख नआउदा काम ठप्प भएका छन् ।
प्रमुख ठाकुर ०७८ पुसदेखि जाजरकोटको रमाना लिएर गएपछि अर्को प्रमुख नआउदा आर्थिक कारोेवार सबै बन्द भएको हो । कार्यालय प्रमुख नहँुदा खरिद भएका औषधि, प्रयोगशालाका सामग्री, फर्निचर खरिदको भुक्तानी हुन सकेको छैन् । पहिला खरिद गरेको औषधि सकिएको छ । अहिले औषधि शुन्य अवस्थामा छ ।
स्वास्थ्य केन्द्रका वैद्य गोर्खबहादुर रावतले लामो समयदेखि कार्यालय प्रमुख नहुँदा करारका कर्मचारीले पाँच महिनादेखि तलब खान नसकेको जानकारी दिनु भएको छ । अहिले आफू कार्यालय प्रमुख पठाईदिन भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आएको तर काम ढिलाई भएको उहाँले बताउनु भयो ।
सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकायमा कार्यालय प्रमुखको व्यवस्थाका लागि धाउदै हैरान भएपनि प्रमुख नपठाउदा आयूर्वेदका कार्यसम्पादन प्रभावित भएका छन् । उपचार गर्न आएका सेवाग्राही औषधि तथा आवश्यक सामग्री नहुँदा फर्किने गरेका छन् ।
आर्युर्वेदलाई आवश्यक फर्निचर खरिद, ल्यावका सामग्री खरिद, औषधि खरिदको भुक्तानी समेत हुन नसक्दा पूँजीगत बित्तिय प्रगति शुन्य भएको छ । कार्यालय प्रमुख नहुँदा ५ लाख डिपिआर र २० लाख कार्यालय मर्मत गर्ने रुपियाँ मुस्किलले आएको थियो । त्यो काम पनि हुन नसकेर बजेट फ्रिज जाने देखिएको छ ।
आर्युर्वेदको अवस्थाका बिषयमा मन्त्रालयले खासै प्राथमिकता दिन नसक्दा जुम्लामा एक मात्र रहेको आयूर्वेद अस्पताल धरापमा पर्ने सम्भावना रहेको छ । १० महिना कटिसक्दा कार्यालयको पूँजीगत काम मर्मत सम्भार, डिपिआर निर्माण तथा मर्मत, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन् । डिपिआर तथा मर्मतको काम अब यो बर्ष फ्रिज हुने देखिन्छ ।
आर्युर्वेदका वैद्य गोर्खबहादुर रावतका अनुसार आफूलाई मन्त्रालयले एउटा पत्र दिएको थियो । सो पत्रमा तलब, भत्ता, पोषाक, घरभाडा, बत्ति, बिजुली महशुल शिर्षक खर्च गर्नका लागि पत्र प्राप्त भएको छ । तर त्यस पत्रले करारका कर्मचारीले तलव नपाउने भएकाले समस्या भएको छ । अर्को अन्य कामहरू केही पनि गर्न नसकिने रहेको छ । यस अस्पतालमा स्थायी दुई जना र करार १३ जना कर्मचारी रहेका छन् ।
औषधि नहुँदा फर्किन्छन, सेवाग्राही
जुम्लाको आर्युर्वेद स्वास्थ्य केन्द्रमा सेवाग्राही भने धेरै आउछन् । दैनिक २५ देखि ३० जना सेवाग्राही आउछन् तर औषधि अभावले समस्या भएको छ । खातामा पैसा छ तर औषधि खरिद गर्ने काम नबढाएपछि सेवाग्राही औषधि लिनबाट समेत बञ्चित भएका छन् । अहिले त औषधि छैन भन्ने थाहा पाएपछि सेवाग्राही घटन थालेका छन् ।
गत आर्थिक बर्षमा पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर १२ लाख रुपियाँ फ्रिज भएको थियो । आयूर्वेद स्वास्थ्य केन्द्र धरापमा परेकोमा स्थानीयको चिन्ता बढेको छ । स्थानीय अगुवा राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना गरिएको संस्थामा भएका कर्मचारीले काम नगर्नु र राज्यले पनि यसको स्तरबृद्धिमा ध्यान नदिएको गुनासो गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयका आयूर्वेद चिकित्सक लक्ष्मी नारायण तिवारीका अनुसार समस्या सामाधानका लागि चाडै पहल गर्न सचिव समक्ष समस्या पु¥याईने र चाडै समस्या सामाधान हुने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार आयूर्वेद अस्पताल पहिलादेखिको अस्तव्यस्त भएको हुँदा प्रदेश सरकार समक्ष पहल भएको जानकारी दिनु भएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…