आयुर्वेद औषधालयमा डेढवर्ष देखि डाक्टर विहिन, सेवाग्राही मर्कामा
साविकको कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्ला करिव डेढ वर्षदेखि डाक्टर विहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
यहाँ कार्यरत डाक्टर रमेश केसी ०७२ मङ्सिर महिनामा सरूवा भई गएपछि औषधालय डाक्टर विहीन भएका हो ।
आयुर्वेद औषधालयका निमित्त प्रमुख वरिष्ठ बैद्य नन्दबहादुर न्यौपानेले करिव १८ महिना औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम हुन नसकेको बताए । उनले भने-'न्यूतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन ।'
फागुन/चैत्र महिनादेखि पसिना निकाल्ने(बाफ निकाल्ने) सेवा सुरू गर्ने भनिए पनि इन्धन अभावका कारण सेवाप्रवाह गर्न नसकिएको अञ्चल आयुर्वेद औषधालय जुम्लाले जनाएको छ ।
यहाँ दैनिक २०/२५ जना जति सेवाग्राही सेवा लिन आउने गरेका सो औषधालयले जनाएको छ । विशेषगरी ज्येष्ठ नागरिकहरू पसिना निकाल्ने सेवा लिनका लागि डोल्पा, मुगु र कालिकोट जिल्लाबाट आउने गरेपनि सेवा नभएपछि त्यत्तिकै फर्केर जाने गरेका छन् ।
औषधालयमा ६ जनाको दरबन्दी भएपनि अहिले एक जना डाक्टर र एक जना सहलेखापाल रिक्त रहेको निमित्त प्रमुख वरिष्ठ बैद्य न्यौपानेले बताए । औषधि खर्चका लागि वार्षिक ४ लाख ५० हजार रुपियाँ जति रकम निकासा हुने भएपनि उक्त रकम अपुग नै हुने गरेको उनले बताए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…