आयआर्जनका लागि कैदीबन्दीले उद्यम सुरु गरे
कारागारका कैदी बन्दीहरूले आयआर्जनका लागि उद्यम सुरु गरेका छन् । सल्यान कारागारभित्र विभिन्न उद्यम गरी मासिक २५ हजार रुपियाँसम्म आम्दानी गर्न थालेको कैदी बन्दीले बताएका छन् । कैदी बन्दीहरूले मुडा र टोकरीलगायतका बाँसजन्य सामग्री उत्पादन गरी मासिक २५ हजार रुपियाँसम्म आम्दानी गर्न थोलेका हुन् ।
कैदी बन्दीहरूले दिनभरी बाँसबाट बनाउने मुडा, टोकरी, डालो, टोपीलगायतका सामग्री तयार गर्ने गरेको जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले बताए । जेलर केसीले भने-'कैदी बन्दीले मासिक २५ हजार रुपियाँभन्दा बढी उनीहरूले उत्पादन गरेका सामग्री विक्री गरेर कमाउने गरेका छन् ।'
कैदी बन्दीलाई आवश्यक पर्ने बाँसलगायतका कच्चा पदार्थ जिल्ला कारागार सल्यानको पहलमा ल्याउने गरिएको छ । 'धेरै कैदीहरू छौँ । आफूले जानेको सिप नयाँ आएका कैदीलाई पनि सिकाउँछौँ -।' २४ वर्षीय कैदी महेन्द्र थापाले भने-'आफूले जानेको सिपबाट २/४ पैसा आम्दानी हुन्छ भने किन नगर्नु भनेर काम गरिरहन्छौँ ।'
आफूहरूले कमाएको पैसाले आफ्नो खर्च टार्ने गरेको र कतिपयले घरमा समेत पठाउने गरेको कैदी थापाले बताए । कैदी थापाले आफूहरूलाई कसैले अझ यसबारेमा तालिम लिने हो भने आफूहरूले धेरै कमाउन सक्ने बताए । अब महिलालाई उनीहरूको क्षमता अनुसारका सिप विकास तालिम दिने र अझ नयाँ नयाँ प्रविधिसहितका सिप सिकाउने हो भने अझै बढी कमाउन सकिने थापाले बताए ।
कैदीले उत्पादन गरेका वस्तुको बजारको समस्या नरहेको जेलर केसीले बताए । कैदीले उत्पादन गरेका सामान खलङ्गा र श्रीनगरलगायतका बजारमा जाने गरेको र कतिपय कारागारमा पुगेर किनेर लैजाने गरेको उनले बताए । हाल जिल्ला कारागार सल्यानमा ६५ जना कैदी र २२ जना बन्दी रहेका छन् ।
यसैगरी जिल्ला कारागारका कैदीले जिल्ला कारागारमा पुस्तकालयको स्थापना गरिदिन विभिन्न निकायलाई आग्रह गरेका छन् । कैदीहरूले कारागार भित्र आफूहरूलाई दिन काट्न मुस्किल हुने हुँदा पुस्तकहरू उपलव्ध गराइदिन आफूहरूलाई सजिलो हुने कैदीहरूले बताए । जिल्ला कारागार सल्यानका जेलर बिक्रम केसीले कारागारमा पुस्तकालय स्थापनाको लागि पहल गरिदिन पत्रकार तथा अधिकारकर्मीलाई अनुरोध गरे ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…