हम्मर प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

  ०७८ असोज ६ गते

नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया वडालक्ष्मी राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय छोरा लक्ष्मण राईलाई असोज ३ गते गिरफ्तार गरेको छ ।

पीडितसँग आरोपितले पैसा मागेको र पैसा नदिएको रिसमा असोज ३ गते आमालाई फलामको हम्मरले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असोज ४ गते गरिएको छ ।


भोजराज कार्की