लाठी प्रहार गरी आमाको हत्या, आरोपित गिरफ्तार

  ०७८ मङ्सिर १२ गते

रिब्दीकोट गाउँपालिका–८ पेलाचौरकी ६२ वर्षीया मेनु सारूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय छोरा कृष्णबहादुर सारूलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

मेनुलाई आरोपितले मङ्सिर ९ गते मादक पदार्थ सेवन गरी सालको लाठीले  कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

16 days campaignNepali

घटना लगत्तै मङ्सिर ९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर १० गते पाल्पा अस्पतालमा गरिएको छ ।


यज्ञमूर्ति तिमिल्सिना