आमा पूर्पक्षमा रहँदा चार वर्षीया बालिका कारागारमा
झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी चार वर्षीया बालिका यतिबेला पर्वत जिल्ला कारागारको चिसो छिडीमा आमासँगै थुनामा रहेकी छिन् ।
बालिकाकी आमा ०८१ असोज ७ गतेदेखि लागु औषध बेचबिखन मुद्दाको सुनुवाइको क्रममा पुर्पक्षका लागि थुनामा रहेका कारण बालिका पनि कारागामा बस्दै आएकी छिन् ।
यसरी आमा थुनामा परेपछि यी अबोध बालिकाले आमाले सजाय पाउँदा वा पूर्पक्षमा रहँदा आफैँ सजाय भोग्दै आएकी हुन् । मकवानपुर जिल्लामा स्थायी ठेगाना भएकी यी बालिकालाई हाल बसोबास गरेको स्थानमा हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएको उनकी आमाले बताइन् ।
घरमा बालिकाको हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएका कारण आमाले आफूसँगै राख्दै आएको पर्वत जिल्ला कारागारका सूचना अधिकारी महेन्द्र रेग्मीले बताउनु भयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…