हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ असार २४ गते

राजदेवि नगरपालिका-१ पथरा टोलकी ६९ वर्षीया राधिका देवी तेलीको हत्या गरी फरार रहेका आरोपितका छोरा ४० वर्षीय मनोज साहलाई ०८१ असार २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

जग्गा जमिनको अंश तथा घरायसी विवादका कारण ०८१ असार ५ गते बिहान आफ्नै घर कोठा भित्र सिलौटाको लोहोरो आमाको टाउकोमा प्रहार गरी हत्या गरेका आरोपित साहलाई असार २३ गते जिल्ला प्रहरी कार्यालय गौरले गिरफ्तार गरेको डिएसपी एलिजा गिरीले बताउनु भयो ।

आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गराई घटनाको थप अनुसन्धान गरिरहेको डिएसपी एलिजा गिरीले जानकारी दिनु भयो ।

घटना भएकै दिन शवको पोष्टमार्टम प्रदेशिक अस्पतालमा गरी शव परिवाजनलाई बुझाएको उहाँले बताउनु भयो ।


गौरी न्यौपाने