आमाको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

चन्द्रकोट गाउँपालिका-१ की ७१ वर्षीया मोती काउछाको हत्या गरेको कसुरमा मृतकका छोरा विरबहादुर काउछालाई जिल्ला अदालत गुल्मीले वैशाख ७ गते र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

आफ्नै घरमा सुतिरहेकी आमालाई आरोपितले कोदालो प्रहार गरी हत्या गरेका थिए । घटना पश्चात् प्रहरीले ०७३ असोज ६ गते गिरफ्तार गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले ज्यानसम्बन्धी महल १३ (१) बमोजिम विरबहादुरलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत गुल्मीका श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले बताए ।


टोपलाल अर्याल