आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

थाहा नगरपालिका— १० स्थित तल्लो बिसिङ्गखेलमा ५० वर्षीया ज्ञानी माया गमालको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय छोरा मिलन गमाललाई ०८० चैत १७ गते गिरफ्तार गरेको छ ।

ज्ञानीमायालाई आरोपितले  फागुन ३० गते  हत्या गरेको  स्थानीयले इलाका प्रहरी कार्यालय चित्लाङमा खबर गरेपछि पुगेको पञ्हरी टोलीले   ज्ञानी माया खाटमा मृत अवस्थामा फेला पारेको थियो ।

शव पोष्टमार्टम फागुन ३० गते   शिक्षण अस्पताल पठाएकोमा गरी  शव आफन्तले बुझेका थिए ।

घटनाको थप अनुसन्धानको क्रममा  मिलन गमालले नै घरायसी विवादको हत्या गरेको खुलेपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।


पुष्पराज अधिकारी