आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

  ०७९ साउन ३ गते

शितगङ्गा नगरपालिका–४ चाक्ला बजारकी ५२ वर्षीया कमला कार्कीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २६ वर्षीय हेमन्त कार्कीलाई साउन १ गते गिरफ्तार गरेको छ ।

आमालाई आरोपितले असार ७ गते घरमा सामान्य विबाद भएपछि  लाठी प्रहार गरी घाइते बनाएका थिए ।

घाइतको बुटवलस्थित मेरीटेस्ट हस्पीटलमा १९ दिन उपचार गरी शिक्षण अस्पताल काठमाण्डौमा उपचारको क्रममा साउन १ गते मृत्यु भएको भन्दै पीडित पक्षले साउन १ गते इलाका प्रहरी कार्यालय ठाँडामा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाँडाका इन्सपेक्टर होमनाथ रेग्मीले बताउनु भयो ।

शवको पोष्टमार्टम साउन १ गते शिक्षण अस्पताल, काठमाण्डौमा गरिएको छ ।


कूलबहादुर नेपाली