आफ्नो विरूद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की
नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकका पर्वत संवाददाता पैयू गाउँपालिका-७ बस्ने छविलाल तिवारीले आफूविरूद्ध समाचार लेखेको आरोपमा स्थानीय ठेकेदार राजेन्द्र भण्डारीले चैत १ गते धम्की दिएको भन्दै चैत २ गते प्रहरीमा उजुरी दिएका छन् ।
मोदी गाउँपालिका-१ र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका-८ जोड्ने भुरूङ्दी खोलामा निर्माण हुन लागेको पुल निर्माण प्रारम्भ भएर लामो समयदेखि अलपत्र परेपछि पत्रकार छविलाल तिवारीले फागुन २० गते नागरिक राष्ट्रिय दैनिकमा "निर्माणाधीन पुल अलपत्र" शीर्षकमा समाचार लेखेका थिए ।
सोही समाचार लेखेको विषयलाई लिएर राति ठेकेदार भण्डारीले फोन गरेर किन समाचार लेखिस् ? तँलाई पर्वतमा आएर मारेर फाल्दिन्छु भन्दै धम्क्याएको पीडितले बताए ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले पीडित र आरोपित दुवै पक्षलाई राखेर छलफल गरेपछि कानुनी प्रक्रियमा जाने जानकारी दिएका छन् ।
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…