आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा कुटपिट
स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा सिमकोट गाउँपालिका-७ का ३८ वर्षीय पदमराज शाहीलाई सोही ठाउँ निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता २० वर्षीय नवराज शाही लगायतका व्यक्तिले जेठ ६ गते डाडाफयाँ गाउँमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
काङ्ग्रेसका कार्यकर्ताले पदमराजका १५ वर्षीय छोरा कविराज शाहीलाई समेत कुटपिट गरेको पीडित पक्षले बतायो । घटनामा संलग्न पक्षलाई कारबाहीको माग गर्दै पीडितले जेठ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित शाहीका अनुसार काङ्ग्रेसका वडा अध्यक्षको उम्मेदवार गोपी सिंह स्थानीय तहको निर्वाचनमा हारेपछि काङ्ग्रेसका कार्यकर्ताले आफूलाई कुटपिट गरी मार्ने धम्की दिएको बताए ।
बालक कविराजको जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रिफर गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख डा.स्मृति महतले बताइन । महतका अनुसार बालकको रुद्रघन्टीमा चोट लागेको र जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरेको बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमलप्रसाद नेपालले वैशाख ३१ गतेको निर्वाचनका विषयमा बालक र उनका बुबालाई हातपात गरेको हन सक्ने बताए । घटनामा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…