आफैँले बनाएको आचारसंहिता पालना गर्न दलहरूलाई आग्रह
निर्वाचनमा आफैँले बनाएको आचारसंहिता पालना गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउन निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाको अनुगमन गर्न असार ९ गते जिल्ला पुगेका आयुक्त पौडेलले अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
पौडेलले दलहरूलाई लक्षित गर्दै भोजभतेर गर्ने टिसर्ट, क्याप र पैसा बाँडेर मतदाता किन्ने काम नगर्न आग्रह गर्दै दलहरू आफूले आचारसंहिता पालना गरे राजनीतिक दलहरू प्रतिको विश्वास बढ्ने भन्दै निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधली रहित बनाउनसमेत आग्रह गरे ।
कसैले आचारसंहित उल्ङल्घन गरे १ लाख रुपियाँसम्म जरिबाना हुने बताउँदै पौडेलले निर्वाचनको तयारी पुरा भइसकेको जानकारी गराउँदै निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
सोही क्रममा निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले निर्वाचनमा मतदान गर्न जनता आतुर रहेको बताउँदै पहिलो चरण भन्दा दोस्रो चरणका मतदाता उत्साहित रहेको र उम्मेदवारी दर्ताको दिन उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको बताए ।
प्रवक्ता शर्माले दोश्रो चरणको निर्वाचन सम्पन्न गर्न नागरिक समाज, राजनीतिक दल, कर्मचारी, सुरक्षा निकाय सबैको सहयोग आवश्यक भएको भन्दै राजपाका तर्फबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएर लोकतन्त्रको उपयोग गर्नुले सकारात्मक सन्देश दिएको बताए ।
यसैगरी प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लामा निर्वाचनको अन्तिम तयारी पुरा भएको जानकारी दिँदै निर्वाचनको आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै मतदान केन्द्रलाई अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी तीन भागमा छुट्याएर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…