आफैँले दिएको उजुरी विपरीत वकपत्र गर्ने महिलालाई एक महिना कैदको फैसला
आफैँले दिएको बलात्कारसम्बन्धी मुद्दाको विपरीत अदालतमा वकपत्र गर्ने एक महिलालाई दैलेख जिल्ला अदालतले एक महिना कैदको फैसला गरेको छ ।
महाबु गाउँपालिका-५ का २३ वर्षीय दीपक पाण्डेले बलात्कार गरेको भनी भदौ ४ गते दैलेख अदालतमा उजुरी दिएकी ती महिलाले अदालतमा आफैँले दिएको जाहेरी विपरीत 'होष्टाइल' भएपछि अदालतले सो सजाय गरेको जनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट असार २३ गते भएको फैसलामा घटना परिवेश, प्रमाण विपरीत सरकारी साधन, श्रोत र जनशक्तिको समेत दुरूपयोग भएको ठहर गर्दै जाहेरवाला महिलालाई एक महिना कैदको फैसला भएको अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले बताए ।
बाँसीको मालिकाथानमा ०७३ भदौ १ गते ती महिलाले आफू बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
महिलाले उजुरी दिएपछि फरार आरोपित पाण्डे ०७३ फागुनमा अदालतमा हाजिर हुँदा पुर्पक्षका लागि थुनामा राखिएको थियो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
जिल्ला प्रशासन कार्यालयमार्फत शान्तिका लागि नागरिक समाजले बुझायो ध्यानकर्षणपत्र
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बेपत्ता पारिएका व्यक्तिको छानविन, आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य छनोट प्रक्रिया पारदर्शिताको माग गर्दै ध्यानकर्षण गराएको छ । कात्तिक…
सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले माग गरेका छन् । सिफारिस…
इन्टरनेट तथा टेलीफोन सेवा प्रभावकारी नहुँदा स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित
जिल्लाका पाँच ओटा स्थानीय तहका नागरिकहरुले अहिले पनि सहज रुपमा सञ्चार सेवा पाउन नसकेको अवस्था छ । साइपाल गाउँपालिका, तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश गाउँमा…
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित
सुनाइसम्बन्धी अपाङ्गता हुनु भएकी साँगुरिगढी गाउँपालिका-१ बुढीमोरङकी ७९ वर्षीया हस्तकुमारी तामाङले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ । तामाङका पति कर्णबहादुर तामाङले हस्तकुमारीलाई…
मजखोरी माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित
छविसपाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयमा विगत लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ । गणित र विज्ञान विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै…