आफन्त भेटघाटमा विभेद भएको महिला कैदीबन्दीको गुनासो
आफन्त भेटघाटमा विभेद भएको महिला कैदीबन्दीको गुनासो गरेका छन् । कारागारमा एक आश्रित बालिकासहित आठ महिला रहेका छन् ।
प्रयाप्त सङ्रचना नभएका कारण भेटघाटमा समेत महिला माथि विभेद हुने अवस्था रहेको छ । पुरुष ब्लगमा कारागारको गेट छ । उक्त व्लगमा ९३ जना पुरुष रहेका छन् । पुरुषहरूले दैनिक आफन्त भेट्छन् । तर, एउटै गेट भएका कारण महिलाहरुले सातामा एक पटक शुक्रबार मात्रै आफन्त भेट्न पाउछन् ।
कारागारमा रहेकी महिला कैदी शान्ता पुनले कारागारमा महिला पुरुषको छुट्टा–छुट्टै गेट नभएका कारण वर्षौदेखि आफूहरूले आफन्त भेटघाटमा विभेद भोगिरहेको प्रतिक्रिया दिनु भयो ।
कारागारका निमित्त प्रमुख रेश्मीराज पन्थीले महिलाहरुको माग स्वभाविक भएपनि भौतिक सङरचनाको कारण केही गर्न नसकिएको बताउनु भयो । उहाँले कारागारको समग्र भौतिक सङ्रचनानै जिर्ण र अप्रयाप्त भएका कारण महिला पुरुष कैदीबन्दीहरूको दैनिकी असहज भएको बताउनु भयो ।
पुरुषहरु एउटा कोठामा दुई तहमा सुत्दै आएका भएपनि दैनिक कैदी बन्दीको सङ्ख्या वृद्धि हुँदै गएपछि पालो गरेर सुत्ने अवस्था आएको चौकीदार हरि थापाले बताउनु भयो ।
थापाले राज्यले मानव अधिकारको सामान्य ख्याल पनि नगरेको प्रतिक्रिया दिनु भयो । उहाँले शौचालय, खानपान, व्यायाम लगायत व्यावसायीक काममा सङ्रचना नभएका कारण निकै मुस्किल परिरहेको बताउनु भयो ।
गुल्मी कारागारको क्षमता पाँच महिला र चार पुरुषकारहेको छ । तर, अहिले १ सय २ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा चार गुणाबढी कैदीबन्दी भएपछि व्यावस्थापनमा समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।
बिस २०२४ मा स्थापना भएको कारागार आफैमा जिर्ण छ । त्योमाथि ०७२ को भुकम्पले भवन र पर्खाल चर्किएका छन् । सानो र साँघुरो भवनमा कैदीबन्दीको दैनिकी अस्तव्यस्त बनिरहेको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…