आन्दोलन गरेको आरोपमा प्रहरीद्वारा कुटपिट गरेको आरोप
अत्तरिया नपा-१३ का ३२ वर्षीय लोकराज पाण्डेय, सोही नपा-४ का पदम ओझा र वडा नं ३ का बालकृष्ण ओझालाई वन हस्तान्तरणको विरोध गरेको आरोपमा प्रहरीले कुटपिट गरेको पीडितहरूले गुनासो गरेका छन् ।
जिल्ला वन कार्यालय, कैलालीले अत्तरिया नपा-१३ स्थित मस्जिद मदरसा इदगाह मुस्लिम सामुदायिक वन मुस्लिम समुदायलाई हस्तान्तरण गरेको विरोधमा आन्दोलन गरेको आरोपमा प्रहरीले आफूहरूलाई कुटपिट गरेको उनीहरूले गुनासो गरेका हुन् ।
असोज १७ गते धनगढी उमनपा-५ स्थित बजारमा रहेको जिल्ला वन कार्यलय, कैलालीमा ज्ञापनपत्र बुझाउन गएको अवस्थामा प्रहरीले गिरफ्तार गरी कुटपिट गरेको पीडित लोकराज पाण्डेयले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यलय, कैलालीका एसपी राजेन्द्र विष्टले आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुन पुगेको र सोही अवरोध खुलाउने क्रममा तीन जना आन्दोलनकारीलाई दुई घण्टा नियन्त्रणमा लिएर छोडेको बताए । उनले भने-'नियन्त्रणमा लिने क्रममा धकेलाधकेल हुँदा केही आन्दोलनकारी घाइते भए । हामीले नियन्त्रणमा लिएर कुटपिट गरेका छैनौं ।'
सुमित्रा भट्टराई
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…