आन्दोलनमा सहादत प्राप्त गर्नेका तर्फबाट १ सय ५१ जनाको निवेदन
प्रदेश १, सरकारको आर्थिक वर्ष २०७९-८० को स्वीकृत वार्षिक बजेट तथा कायक्रम बमोजिम जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई १ लाख रुपैयाँ दिने कार्यक्रमका लागि जिल्लाबाट १ सय ५१ जनाले निवेदन दिएका छन् ।
उक्त आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने कार्यविधि,२०७९ मा व्यवस्था भए अनुसार प्रदेश १, मा स्थायी बसोबास गर्नेलाई १ लाख रुपियाँ उपलब्ध गराउने व्यवस्था बमोजिम निवेदन माग गरिएको थियो ।
पुस ९ गतेदेखि ३० दिनको अवधिसहितको सूचना प्रकाशन गरी माग गरिएको निवेदनमा ५८ जना महिला र ९३ जना पुरूष गरी १ सय ५१ जनाले निवेदन दिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कुलमणि दाहालले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले ३० दिनको म्यादमा सङ्कलन भएका निवेदन र कागजात प्रदेश सरकारलाई पठाएपछि भुक्तानी प्रक्रिया तय गर्ने प्रावधान छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो ‘निवेदन दिएका सबै जनआन्दोलनमा मृत्यु भएकाको परिवार सदस्य हुन् । सूचनामा माग भएबमोजिमको कागजात संलग्न छन् ।’ सङ्ख्याअनुसार १ लाखका दरले १ करोड ५१ लाख रुपियाँ भुक्तानी हुन्छ ।
सबैको बैङ्क खाता उपलब्ध भएकाले भुक्तानी प्रक्रिया बैकिङ्क प्रणालीबाट हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…