आन्दोलनको तेस्रो दिन पनि बुटवलको जनजीवन प्रभावित, आन्दोलन अनिश्चित
राज्यको पुनःसंरचना संशोधन प्रस्ताव ल्याएको विरोधमा तेस्रो दिन पनि रुपन्देहीको बुटवल क्षेत्रमा गरिएको प्रदर्शनका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
प्रदर्शनकारीहरूले बिहानैदेखि बुटवलका विभिन्न चोकहरू, अस्पताल लाइन, मिलनचोक, गोलपार्क पुष्पलाल पार्क, ट्राफिक चोक, राजमार्ग चौराहा र नेपालगञ्ज रोडमा टायर बालेर प्रदर्शन गरेका थिए ।
अनेरास्ववियु, नेविसङ्घ, अखण्ड प्रदेश नं ५ प्रदेश दबाव अभियान रुपन्देही, अखिल छैठौँलगायतका सङ्गठनहरूले संयुक्त रूपमा मङ्सिर १७ गते बिहानैदेखि नारावाजी गरी प्रदर्शन गरेका थिए ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरू आज पनि ठप्प रहे भने यस क्षेत्रका बजार उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्थाहरू र औषधि पसलसमेत पूर्ण रूपमा बन्द रहे ।
एम्बुलेन्स, विवाह, सञ्चार, मानव अधिकारकर्मीका सवारीसाधन तथा तरकारी र दुध बोक्ने गाडीहरूलाई भने आन्दोलनकारीले रोकतोक गरेका थिएनन् ।
बन्दकर्ताले तेस्रो दिन पनि सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेपछि केहीबेर स्थिति तनावग्रस्त भएको थियो । बन्दकर्ताले ढुङ्गा प्रहार गरेपछि प्रहरीले केही समूहलाई लाठी चार्ज समेत गरेको थियो ।
अखण्ड ५ नं प्रदेश दबाव अभियान लुम्बिनीका संयोजक विष्णु पोख्रेलले निर्णय नसच्चाएसम्म आन्दोलन जारी राख्ने बताए ।
बन्दका कारण कुनै किसिमको क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
जनसभालाई नेताद्वारा सम्बोधन
५ नं प्रदेशलाई कुनै पनि हालतमा टुक्र्याउन नदिने नेताहरूले चेतावनी दिएका छन् । बुटवलको ट्राफिक चोकमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दे सत्तारुढ दलकै नेताहरूले प्रदेश विभाजन गर्ने प्रस्ताव आफूहरूलाई मान्य नभएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।
जनसभालाई सम्बोधन गदै एमाले उपमहासचिव विष्णु पौडेलले सरकारले कसैको आदेश तामेली गरेकोले यस प्रस्तावको औचित्वलाई पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताको माझमा आउन आग्रह गरे ।
एकीकृत माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ५ नं प्रदेश कसका लागि टुक्र्याउन खोजिएको भन्दै सरकारलाई प्रतिप्रश्न गरे । रायमाझीले आफू पार्टीभन्दा माथि रहेर जनताको पक्षमा हिँडेको बताउँदै जनता रहेमा मात्र जनप्रतिनिधि, संसद र सरकार रहने बताए ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद चन्द्र भण्डारीले प्रदेश नं ५ मा गिद्धे नजर नलगाउन आग्रह गर्दै जनताको भावनालाई खेलवाड गर्ने अधिकार कसैको नभएकोले प्रस्ताव फिर्ता लिन सरकारलाई सुझाए ।
सरकारले जनताको भावना विपरित कदम चालेको भन्दै प्रस्ताव फिर्ता नल्याएसम्म आफूहरूले सडक र सदन दुवै तताउने बताए ।
नेविसङ्घद्वारा जनमत सङ्ग्रह
नेविसङ्घले प्रदेश नं ५ लाई टुक्र्याउने वा नटुक्र्याउने भन्ने विषयमा बुटवलमा जनमत सङ्ग्रह गरेको छ । कुल १८ हजार २ सय ८३ मत खसेको मध्ये १७ हजार ५ सय ४५ मत प्रदेश टुक्र्याउन हुँदैन भन्नेमा र ५ सय ४८ मत टुक्र्याउन हुन्छ भन्ने पक्षमा तथा १ सय ९० मत बदर भएको निर्वाचन कार्यक्रमका संयोजक ठाकुर घिमिरेले बताए । सङ्कलित मतलाई प्रधानमन्त्री र सभामुखसमक्ष पठाउने नेविसङ्घले जनाएको छ ।
रीमा विसी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…