आन्दोलनका कारण बालबालिकाले पोलियो खानबाट वञ्चित
संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले काम नै अवरुद्ध गरी धर्नामा बसेपछि बालबालिकाले फागुन ७ र ८ गते पोलियो थोपा खानबाट वञ्चित भए ।
कर्मचारीहरूको आन्दोलनका कारण फागुन ७ र ८ गते देशभर खुवाइने भनिएको पोलियो खोप अभियान नै स्थगित गरिएको थियो ।
सरकारले स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापन नगरेको भन्दै कर्मचारीहरुले फागुन ३ गतेदेखि जिल्ला जनस्वास्थ्य कार्यालयको मूल ढोकामा तालाबन्दी गरी आकस्मिक सेवा वाहेक सम्पूर्ण कार्य अवरुद्ध गर्दै धर्नामा बसेका छन् ।
आन्दोलनका कारण जिल्लाका अस्पतालसहित चार प्राथमिक स्वास्थ्य केन्द्र र एक सय १२ स्वास्थ्य चौकीमा सेवा ठप्प छ । औषधी अभावपछि स्वास्थ्यकर्मीहरूको आन्दोलनले सर्वसाधारण मर्कामा परेका छन् ।
आकस्मिक सेवा बाहेक राष्ट्रिय कार्यक्रमहरू तथा जिल्लाका नियमित कार्यक्रम, तालिम, गोष्ठि, करार सेवा नियुक्ति, औषधि खरिद, बालबालिकालाई लगाइने नियमित खोपलगायत कार्यक्रमहरूसमेत हुन सकेको छैन । नियमित खोपबाट वञ्चित बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सिनियर अहेव गङ्गाप्रसाद यादवले बताए ।
आन्दोलनरत संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा जारी राखेको धर्नामा फागुन ८ गते आएकी व्यवस्थापिका संसद महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जु झाले स्वास्थ्यकर्मीहरूको माग पुरा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले आफ्ना जायज मागसँगै बिरामीको पनि उत्तिकै ख्याल गर्न आग्रह गरिन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका–२ का ४० वर्षीय धर्मराज यादवलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १८ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको…
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…