आन्दोलनमा घाइते भएका राप्रपाका कार्यकर्ता डाँगीको उपचारका क्रममा मृत्यु
राप्रपाले गरेको आन्दोलनमा घाइते भएका बर्दिया जिल्ला मधुबन नपा–९ निवासी राप्रपा कार्यकर्ता ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा वैशाख ३ गते काठमाडौँमा मृत्यु भएको छ ।
राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै ०८० चैत २७ गते काठमाडौँमा गरेको प्रदर्शनमा घाइते हुनुभएका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको थियो ।
राप्रपाको मधुवन नगरपालिका अध्यक्षसमेत रहनु भएका डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित रहेको र आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले उहाँको स्वास्थ्यमा झन् बढी समस्या आएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।
दीपा सुनुवार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…