आधारभूत सर्भेक्षणका लागि अभिमूखीकरण सम्पन्न
इन्सेकको कोर कार्यक्रम २०१६–२०१९ मा सञ्चालन गरिने कार्यक्रमको लागि छानिएका सात ओटा जिल्लामा आधारभूत सर्भेक्षण गर्न इन्सेककर्मीलाई अभिमूखीकरण गरिएको छ ।
सात ओटा प्रदेशका २५ ओटा जिल्लामा सञ्चालन गरिने उक्त कार्यक्रमको आधारभूत सर्भेक्षण भने छानिएका सात ओटा जिल्लाका दुई÷दुई ओटा गाविसमा मात्रै गरिने बताइएको छ ।
मानव अधिकार अनुगमन, मानव अधिकार सचेतना, मानव अधिकार जनवकालतलगायतका कार्यक्रमहरू छानिएका जिल्लामा सञ्चालन गरिने छ ।
भदौ ३० र ३१ गते इन्सेक केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित उक्त अभिमूखीकरणमा डा. पद्मप्रसाद खतिवडा, दिनेश खनाल र सुशील चौधरीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा इन्सेकका पाँच ओटै क्षेत्रीय कार्यालयमा कार्यरत फोकल पर्सन, सर्भेक्षण गरिने जिल्लाका जिल्ला प्रतिनिधिलगायत १६ जनाको सहभागिता रहेको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…