आत्महत्या दुरूत्साहन दिएको आरोपमा गिरफ्तार
चौरजहारी नगरपालिका–१ लामिछाने गाउँकी १३ वर्षीया बालिकालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।
बालिकालाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कूलका प्रिन्सिपल ४२ वर्षीया प्रिन्सिपल पुष्पा भाट र स्कूल सञ्चालक ४३ वर्षीया युडेन भण्डारीलाई भदौ २५ गते गिरफ्तार गरेको हो ।
पब्लिक भ्याली स्कूलमा कक्षा आठमा अध्ययनरत बालिकालाई प्रिन्सिपलले भदौ २२ गते कुटपिट गरेको र सोही दिन बालिकाले घरमा स्कूल पोशाकमै झुण्डिएर आत्महत्या गरेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षले आरोपितद्वयविरूद्ध आत्महत्या दुरूत्साहनमा भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर धर्मेन्द्र खड्काले बताउनु भयो ।
शवको पोष्टमार्टम भदौ २२ गते जिल्ला अस्पतालमा गरिएको छ ।
पीडित पक्षले शव बुझी भदौ २३ गते चौरजहारी नगरपालिका–१ बाँसखोला घाटमा सदगत गरिएको छ ।
हिरा परियार
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…