आत्महत्या दुरूत्साहन घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरेको मृतक पक्षको आरोप
आत्महत्या दुरूत्साहन घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरेको मृतक पक्षको आरोप लगाएका छन् ।
प्यूठान नपा–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्रीलाई आत्माहत्या दुरूत्साहन गरेको भन्दै पीडित पक्षले सिद्धार्थनगर नपा–१ का ३० वर्षीय जोर्डनबिक्रम श्रेष्ठ विरूद्ध पुस ६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।
दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिक टेलरिङ सेन्टर सञ्चालन गर्दै आएकी खत्रीले पुस ४ गते आत्माहत्या गरेको भन्ने खबर पाएपछि बहिनीले आफ्नै कारणले आत्महत्या नगरेको भन्दै उनको कोठामा भेटिएका प्रमाणहरु सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मृतकका दाजु टेकराज खत्रीले बताउनु भयो ।
घटनाको किटानी जाहेरी दिएको भएपनि मृत्यु भएको १० दिन बितिसक्दा पनि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान नगरेकोले शव नबुझेको पीडितका दाजुले बताउनु भयो ।
छिमेकी विष्णु क्षेत्रीका अनुसार पुस ३ गते साँझसम्म आरोपित व्यक्ति लालमतीको कोठामा भएको पुस ४ गते बिहान ४ बजेतिर ढोका खोलेको आवाज आएको थियो । त्यसपछि कोठा नखुलेको तर, झ्यालबाट हेर्दा शङ्कास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।
टेकराज खत्रीले प्रहरीले प्रमाण नपुगेको भन्दै आरोपित श्रेष्ठलाई गिरफ्तार नगरेको भन्दै बहिनीको कोठामा आरोपित व्यक्तिको नागरिकता र सेतो गञ्जी भेटिएको र परिवारले लालमती र श्रेष्ठकोबिच भएको फेसवुक म्यासेज च्याटको कुराकानी, उनको कोठामा कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुबै जनाले गरेको बचत पासबुक पनि प्रहरीलाई दिएका छन् ।
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीकले जिल्ला अदालतमा आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरिए पनि अदालतले गिरफ्तार गर्ने आदेश नदिएका कारण गिरफ्तार गर्न नसकिएको बताउनु भयो ।
शवको पोष्टमार्टम पुस ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरी शव गृहमा राखिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…