आत्महत्या दुरूत्साहन कसुरमा एक वर्ष कैद सजायको फैसला
बागलुङको निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला अदालत बागलुङले ३३ वर्षीय जेठाजु थम्मनबहादुर मल्ललाई १ वर्ष कैद सजाय फैसला गरेको छ । सम्झना ०७६ असोज २२ गते राती झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
सम्झानाका दाजु निसीखोला गाउँपालिका–३ का ३० वर्षीय तुलबहादुर शाहीले बहिनीको मनसायपूर्वक हत्या गरिएको भन्दै जेठाजुहरू थम्मनबहादुर मल्ल, मेघध्वज मल्ल र जेठानी मिठुकुमारी मल्ल विरूद्ध ०७६ असोज २४ गते उजुरी दिएका थिए ।
जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस १९ गतेको अन्तिम आदेशले आंशिक अभियोग दावी पुग्ने भन्दै थम्मनलाई कैदसँगै २५ हजार रुपैया जरिवाना फैसला गरेको छ। भने मेघध्वज र मिठुकुमारीलाई सफाई दिएको छ ।
अदालतको अन्तिम आदेशमा मृतक सम्झनालाई आरोपितले कुटपिट गरि झुण्डाएर हत्या गरेको अभियोगमा सफाई पाएका छन् । तर, झुण्डिएर मर्न बाध्य बनाएको कसुरमा थम्मनबहादुर मल्ललाई आत्महत्या दुरुत्साहन अभियोग अनुसार कैद सजाय फैसला गरेको जिल्ला अदालत बागलुङका श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…