आत्महत्या दुरूत्साहनका घटनाका आरोपित गिरफ्तार
फिदिम नगरपालिका–११ की नौ वर्षीया बालिका अस्मिता दर्जीलाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले सोही ठाँउकी २६ वर्षीया दमन्ता घिमिरेलाई साउन २२ गते गिरफ्तार गरेको छ ।
अस्मिता दर्जीलाई आरोपितले ०८० साउन २० गते कुटपिट गरेको र सोही दिन अस्मिताले झुण्डिएर आत्महत्या गरेपछि आरोपितविरूद्ध आत्महत्या दुरूत्साहन दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दिएको बालिकाका ३६ वर्षीय बाबु रणबहादुर दर्जीले बताउनु भयो ।
आपसी विवादका क्रममा कुटपिट गरेपछि सोही दिन बहिनीले आत्महत्या गरेको र आरोपितविरूद्ध प्रहरीमा आत्महत्या दुरूत्साहन दिएको आरोपमा उजुरी दिएको मृतककी दिदी सङ्गीता दर्जीले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन २२ गते गरिएको छ ।
पीडित पक्षले सोही दिन शव बुझी फिदिम नगरपालिका– ११ मा सद्गत गरेको छ ।
इवारा जवेगु लिम्बू
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…