आत्महत्या दुरुत्साहन घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी
महोत्तरी जिल्ला बर्दिबास नगरपालिका-८ हातिलेट घर भई कमलामाई नगरपालिका-४ फाटमा बस्दै आएकी २४ वर्षीया जमुना गोलेले सोही ठाउँमा बस्ने पति सञ्जिव श्रेष्ठको कुटाई सहन नसकेर आत्महत्या गरेको आरोपमा श्रेष्ठविरुद्ध ०७९ फागुन २९ गते प्रहरीमा उजुरी परेको छ ।
श्रेष्ठको कुटाई सहन नसकेर गर्भवती जमुनाले फागुन २८ गते आत्महत्या गर्नु परेको भन्दै जमुनाका बुबा सोमबहादुर गोलेले फागुन २९ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिनुभयो ।
घटनापछि फरार रहेका आरोपित श्रेष्ठको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको एसपी राजकुमार सिलवालले बताउनु भयो ।
शवको पोस्टमार्टम फागुन २९ गते सिन्धुली अस्पतालमा गरिएको थियो ।
आरोपित श्रेष्ठलाई गिरफ्तार गरि कानुनी कारबाही गर्ने सहमतिपछि पीडित पक्षले शव बुझेका थिए ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको बताउँदै आरोपितलाई कानुनी कारबाही हुने एसपी सिलवालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तीन महिनाकी गर्भवती जमुनाले आत्महत्या गर्नुको कारण अनुसन्धानपछि मात्र भन्न सकिने एसपी सिलवालले जानकारी दिनुभयो ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…