आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार
नुवाकोट घर भई काठमाडौँ महानगरपालिका-१० बस्ने २७ वर्षीयका पुष्पा न्यौपानेलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा झापा जिल्ला भई काठमाडौँ महानगरपालिका-४ धुम्बाराही बस्ने सुधन सङ्ग्रौलालाई प्रहरीले मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
पीडित न्यौपानेले आरोपितको धुम्बाराहीस्थत घर अगाडि ०७९ मङ्सिर १८ गते साँझ आफैलाई पेट्रोल खन्याएर आगो लगाएकोमा मङ्सिर १९ गते उपचारको क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।
पीडित न्यौपाने र आरोपित सङ्ग्रौलाबीच विवाहको लागि तीन महिनाअघि नै टीकाटालो भएकोमा केटापक्षले मङ्सिर १७ गते विवाह नगर्ने भन्दै पीडितको घरमा आएर विवाह नगर्ने निर्णय सुनाएको थियो ।
सोही घटनासँग जोडेर पीडित पक्षले आरोपितविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी महानगरिय प्रहरी परिसर काठमाडौँमा मङ्सिर २० गते नै दर्ता गराएको छ । पीडित परिवारले घटना शङ्काष्पद रहेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
प्रहरीका अनुसार पीडित पुष्पा र आरोपित सुधनबिच गत भदौ १८ गते टीकाटालो भएको थियो । एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि दुई जनाबिच सम्बन्ध चिसिएपछि दुवै परिवार विवाह नगर्ने निर्णयमा पुगेको प्रहरीको भनाइ छ ।
प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सुधनलाई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
पीडित पक्षले दिएको उजुरीमा ‘मङ्सिर १७ गतेका दिन प्रतिवादीरू बुद्धनगर घरमा आई हामी विवाह गर्न सक्दैनौँ, विवाह क्यान्सिल गरौँ भन्दै जनै सुपारी, टीकाटालो कार्यक्रममा दिए–लिएको दक्षिणा एवम् गरगहनासमेत फिर्ता गरी प्रतिवादीहरूले मानसिक यातना दिए र यसैगरी घटना घट्नु अगाडिसम्म प्रतिवादीहरूले मानसिक यातना दिँदै आएको थिए’, उल्लेख गरिएको छ ।
विवाह तोडेको भोलिपल्ट सुधन र उनको परिवारले पुष्पालाई घरमा बोलाएका थिए । उनीहरूले मानसिक यातना दिएपछि पुष्पाले आफूसँग मर्नुको विकल्प नभएको केटा पक्षलाई पटकपटक भनेको पनि जाहेरीमा उल्लेख छ ।
पीडित परिवारले सुधन, उनका दाइ र आमाबुबाविरुद्ध किटानी जाहेरी दिए पनि जिल्ला अदालतले सुधनलाई मात्र थुनाका लागि म्याद दिएको छ ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…