आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार
सुनकोशी गाउपालिका—२ ठोकर्पाकी १५ वर्षीया सन्ध्या रोक्कालाई उक्साएर आत्महत्या गराउन बाध्य गराएको आरोपमा सोही ठाउँकी २६ वर्षीया उर्मिला रोक्कालाई ०८१ भदौ १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितको शव ०८१ भदौ १ गते घरभन्दा केहि पर धानखेतको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
पीडितपक्षको तर्फबाट मृतकका दाजु रमेश रोक्काले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयका दिएको उजुरी पछि घटनाको अनुसन्धान शुरु गरिएको डिएसपी निरञ्जन भट्टराइले बताउनुभयो ।
आरोपित महिलालाई प्रहरी अनुसन्धानको शिलशिलामा मृतकले लेखेर राखेको चिठिका आधारमा आत्महत्या दुरुत्सान गरेको ठहर गर्दै गिरफ्तार गरेको डिएसपी भट्टराइले बताउनुभयो ।
सोही घटनामा पीडितपक्षले दिएको उजुरीको आधारमा बालिका पढ्दै गरेको ठोकर्पा माविका एक जना शिक्षकलाई पनि प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको थियो । प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई हाल अनुसन्धानको लागि प्रहरी हिरासतमा राखेको छ ।
गिरफ्तारमा परेका शिक्षक र मृतक बालिका बीच विवाह सम्बन्ध गराउन सहयोगी भूमिका निभाएको र शिक्षकसँग विवाह नगरे शिक्षकसँग भएको सम्बन्ध समेत सार्वजनिक गरिदिने धम्की आरोपित उर्मिला रोक्काले दिएकाले पीडितले मर्नु अघि लेखेको पत्रमा उल्लेख गरिएको छ ।
शवको पोष्मार्टम भदौ २ गते चौतारा अस्पतालमा भएको थियो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…