आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार
मध्यपुरथिमी नगरपालिका–१ मनहरामा बस्ने एक महिलालाई २०७६ चैत ५ गते कुटपिट गरि आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीनजनालाई गिरफ्तार गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई मध्यपुरथिमी–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने १८ वर्षीय एनिहा सुब्बालाई उनीहरूको घरबाटै गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
खोटाङ दिक्तेल नगरपालिका–३ पिनालाखा घरभई हाल मनहरामा १८ वर्षीय छोरा अनिस राईसँगै कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय बिमला राईको चैत ५ गते आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीको भनाई छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतकको शवलाई परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको डिएसपी गिरीले बताउनु भयो ।
अनुसन्धानकै क्रममा मृतकको छोरा अनिस राईले मेरो आमालाई कुटपिट गरि शारीरिक तथा मानसिक याताना दिई आत्महत्या गर्न बाध्य गराएको भन्दै तीनजनाको नाममा महानगरीय प्रहरी वृत्त थिमीमा किटानी जाहेरी दिनुभएको थियो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…